ट्रम्पलाई बालेनको कडा जवाफ–‘अमेरिका अल्छीहरुको देश हो’

ट्रम्पले अनुदान रोकेकोमा धन्यवाद दिँदै बालेनले भने – ‘डिभीबाट फैलाइएको दासत्व पनि बन्द गरियोस’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन । अमेरिकाले अनुदान रोक्ने निर्णय गरेको सन्दर्भमा बिहीबार मध्यरातमा सामाजिक सञ्जालमा लेखेर बालेनले डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन्।उनले नेपाली नागरिक देश छाडेर गएकाले गरिब भएको र अमेरिकी नागरिक अल्छी भएकाले गरिब भएको टिप्पणीसमेत गरेका छन्। ‘प्रिय डोनाल्ड जे। ट्रम्प, हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो छ भनेर महशुस गराउनु भएकोमा धन्यवाद’, उनले लेखेका छन्, ‘हामी गरिब छौँ। किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’उनले डीभीबाट फैलाइरहेको दासत्व बन्द गरेर अरु देशलाई स्वतन्त्ररूपमा अघि बढ्न दिन पनि आग्रह गरेका छन्। ‘कृपया दासत्व पनि बन्द गर्नुहोस्। हामीले हाम्रा रत्न फिर्ता पाउनेछौँ’, उनले लेखेका छन्, ‘आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्। संसारलाई बढ्न दिनुहोस्।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 सप्तरंगी संसार All right reserved Site By : Himal Creation