दाङ घोराहीमा बिरायनी खानेको भिड

विभिन्न आरोह अवरोह पार गर्दै सफलता हाँसिल गरिरहेको बुटवल नेपालगंज रोडमा संचालनमा रहेको हैदरावादी दम बिरायनीले आफ्नो सेवा बिस्तार गर्दै दाङ जिल्लाको घोराहीमा नयाँ शाखा खोलेको छ । हैदरावादको बिरायनीको स्वाद बुटवलमा पस्किएको बिरायनी सेन्टरले नेपालका विभिन्न मुख्य शहरहरुमा आफ्नो सेवा विस्तार गर्ने सिलसिलामा यतिबेला घोराहीमा नयाँ शाखा खोलेको हो ।
राम्रो लगानीमा आर्कषक डेकोरेशन सहित खोलिएको विरायनी सेन्टरमा सुरुवातदेखि नै बिरायनी पारखिहरुको आगमन बढीरहेको छ ।
सस्तो मुल्यमा बुटवलकै स्वाद फरक नपर्ने गरि बिरायनी दिने शाखा संचालकको भनाइ छ ।
बिरायनी खाना आउने ग्राहकहरु पनि बिरायनीको स्वाद मस्त रहेको भन्दै दाङमै शाखा खोलेकोमा खुसी व्यक्त गरेका छन ।
विभिन्न परिकारका बिरायनीको साथमा स्वादीलो लसी, ग्रील चिकन लगायतका परिकारहरु पाइन शाखाका संचालक मोहन ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 सप्तरंगी संसार All right reserved Site By : Himal Creation