विभिन्न समाजसेवाका कामहरू गर्दै आएको धनमुडा चौर समाज, बुटवलले आफ्नो पाँचौं साधारण सभातथा प्रथम अधिवेशन सम्पन्न गरेको छ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुखनगरमा भएको उक्त कार्यक्रममा विभिन्नव्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।
सम्मानित हुनेहरूमा समाजकै सदस्य समेत रहनुभएका सोमबहादुर थापा जो उडिसा पुलिसमा हवलदारकोरुपमा रिटायर हुनुभएको थियो। त्यसैगरी समाजकै सदस्यकी छोरी डाक्टर प्रविणा कुँवर त्यसैगरी पत्रकार रेशम बोहोरा र समाजसेवी भरत केसीलाई सम्मान गरिएको थियो ।
समाजले विगतमा गर्दै आएका कामहरू मनपराई समाजको सदस्यता लिने नयाँ पाँचजनालाई समेत स्वागतसम्मान गरिएको थियो।
अधिवेशनले नयाँ कार्यसमिति समेत गठन गरेको छ देव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएकोहो।