गरे के हुँदैन ? पछिल्लो समयमा नेपालमा केही छैन भनेर बिदेश लाग्नेको लर्को छ । बाध्यता विवसता आफ्नो ठाउँमा सबैका होलान तर गरे यही पनि केही हुन्छ भन्ने उदाहरण पनि थुप्रै छन ।
बिदेशमा सिकेको सिप नेपाल फर्केर नेपालमै त्यही सिपलाई पेशागतरुपमा सुरुवात गर्ने पनि धेरै छन् । दुवैमा ८ वर्ष सेफको काम गरेर नेपाल फर्केर आफ्नै रेष्टुरेन्ट खोलेर राम्रै आम्दानी गरिरहेका कृष्णप्रसाद भट्टराइको को कथा आज हामी प्रस्तुत गर्दै छौं ।
दुवइमा काम गर्दा सेलरी त्यो बेला पनि झण्डै २ थियो । तर कृष्णको मनमा आफु बिदेशमा जागिरे भएर काम गर्ने जाँगर पटक्कै थिएन । युवाहरुले बिदेशमात्रै ताक्ने हैन नेपालमै पनि केही गरौं हुन्छ भन्ने सोंचले आफु नेपाल फर्केको उनको भनाइ छ ।
बिदेशमा छ हजार दिरामसम्म तलब थापेको सम्झदै कृष्ण भन्छन् नेपालमा त्यहाँ भन्दा खुसी छु । ६ जना लाई प्रत्यक्ष जागिर दिएको छु ।
सुरुमा १६ लाख लगानी गरेर खोलेको रेष्टुरेन्ट ३÷४ महिनामै लगानी उठाउन सफल भएको थियो ।
रेष्टुरेन्टमा आफ्नो विदेशको अनुभवले अनेत्रको भन्दा फरक स्वाद दिन सक्नु नै ग्राहक अर्कषणको कारण एकातिर छ भने सबैसँगै छिट्टै घुलमिल भएर राम्रो बोलि व्यवहार गर्न सक्नुले पनि कृष्णले यो सफलता हाँसिल गर्नुको रहश्य हो ।
एक पटक खाएको मान्छे पुन आउने आफ्नो रेष्टुरेन्टको स्वाद रहेको बताउने उनी भन्छन् पोखराका समेत आफ्ना ग्राहक छन् ।
नेपालमा लगानी गरेर के गर्नु लगानी नै उठाउन मुस्किल हुन्छ भन्नेहरुलाई पनि कृष्णको सुझाव छ उपयुक्त ठाउँमा आफ्नै दक्षता अनुसारको लगानी गर्नुस् । लगानीसँगै मेहनत गर्नुस् अवश्य प्रतिफल मिल्छ ।
Video