भु.पु भारतीय आर्मीहरुको संगठन मैकानाइज्ड इन्फेन्ट्री रेजिमेन्टले बुटवलमा रहेको होटेल मेरीगोल्डमा आफ्नो ४६औं स्थापना दिवस भव्यरुपमा मनाएको छ ।
संगठनका अध्यक्ष तथा लुम्बीनी प्रदेश जोर्नल अफिसर समेत रहेका सुवेदार मेजर पुरन शाहीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।
संगठनले गर्दै आएका विभिन्न गतिविधी तथा भु.पु सैनिक र कल्याणकारी कार्यक्रमहरुको बारेमा कार्यक्रममा उपस्थितहरु माझमा जानकारी गराउँदै अध्यक्ष शाहीले अब हरेक वर्ष पुर्नमिलन कार्यक्रम राख्नु पर्ने धारण व्यक्त गर्नु भएको थियो ।
पछिल्लो समयमा भारतीय आर्मीमा गोर्खालीहरुलाई भर्ति गर्ने सम्बन्धमा रोकिएको प्रशंगमा अग्नीबीरको विषयमा पनि चर्चा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आतित्थ्यता अनेरी क्याप्टेन कुलमान थापाले गर्नु भएको थियो भने सुवेदार मेजर चेतबहादुर गुरुङ्गले विशिष्ट अतिथिको आशन ग्रहण गर्नु भएको थियो । संगठनका सचिव समेत रहनु भएको सोम बहादुर सोमइले कार्यक्रम संचालन गर्नु भएको थियो भने उपाध्यक्ष तोपबहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।