मान्छेलाई पुर्नजीवन दिने होलिस्टिकले अनाथ बालबालिकालाई भेटेर दियो ठूलो खुसी

प्राकृतीक उपचार विधाद्वारा मान्छेलाई रोग लाग्नै नदिने तथा लागि हालेका क्यान्सर किड्नी लगायतका गम्भीर प्राण घातक रोगहरुको प्रकृती हेरी सफल उपचार गरी धेरै जनालाई नयाँ जिवन दिएको होलिस्टिक हस्पीटल एण्ड रिर्सच सेन्टरले आफ्नो वार्षिकोत्सवको अवसरमा ५८ जना अनाथ अपांग बालबालिकालाई कपडा तथा नगद सहयोग गरेको छ ।

होलिस्टिक हस्पिटलको १० औं र होलिस्टिक हर्ब्सको ५ औं वार्षिकोत्सको अवसर पारेर काठमाडौं ठमेलमा रहेको यात्री होटलमा भब्य उत्सव मनाएसँगै अनाथ बालबालिकाको लागि सहयोग बितरण गरेको चियरमेन एल बि मुखीयाले बताउनु भयो ।

काठमाडौको गोकर्णेश्वरमा रहेको संयुक्त एकता आवाज केन्द्रमा रहेका ५८ जना बालबालिकाको लागि ट्राकसुट प्रदान गरिएको थियो भने बालबालिकाको चप्पल किन्नको लागि नगद सहयोग गरिएको थियो । होलिस्टिक हर्ब्सद्वारा उत्पादीत फुट सप्लीमेन्ट साबुन टुथपेष्ट लगायतका समान पनि प्रदान गरिएको थियो । सहयोग पाउँदा बालबालिका धेरै खुसी थिए ।

सहयोग लागेर जानुभएको कम्पनीको म्यानेजिङ्ग डाइरेक्टर सम्झना सुब्बाले बालबालिकालाई धेरै जीवन उपयोगी टिप्सहरु दिनु भएको थियो भने माननीय लिला सुब्बाले शुभकामना दिनु भएको थियो ।

होलिस्टिक हस्पिटल र हर्ब्सले वार्षिकोत्सव मनाउने सिलसिलामा आफ्ना डिलर लिडर तथा सामाजिक कार्यमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको थियो । होलिस्टीकको सम्पर्कमा पुगेर मृत्युलाई जीतेका दर्जनौं व्यक्तिले आफ्नो भोगाइ र होलिस्टिकले दिएको नयाँ जीवनको बारेमा अनुभव शेयर गर्नुभएको थियो ।

Video :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation