बाग्लुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाज बुटवलले २०८२ को भित्ते पात्रो प्रकासित गर्को छ । समाजद्वाराप्रकाशित भित्ते पात्रो २०८२ विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम अध्यक्ष श्रीकृष्णबहादुर पौडेल (बीबी पौडेल) को अध्यक्षता, सफल व्यवसायी, उद्योगपति एवं समाजसेवी श्रीचुन्नप्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा, १०० वर्षीय भूमादेवी आचार्यको विशिष्ट आतिथ्यता, क्रिकेटएसोसिएसन अफ रूपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरिबहादुरथापा, क्याप्टेन तेजबहादुर क्षेत्री, पूर्णबहादुर पौडेल, जनप्रतिनिधि हरि सुवेदीको आतिथ्यता सम्पन्न भएको थियो ।
समाजका उपाध्यक्ष देवेन्द्र बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अतिथिको तर्फबाटहरि बहादुर थापा, सल्लाहकारको तर्फबाट क्याप्टेन तेजबहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकोथियो। १०० वर्षीय भूमादेवी आचार्यलाई सम्मान गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि चुन्नप्रसादपौडेलले आफ्नो तर्फबाट नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै समाजका लागि सम्पूर्ण सहयोग गर्नतत्पर रहेको बिचार व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण सुवेदीले गर्नुभएकोथियो।