बाग्लुङ्ग – पछिल्लो स्थानीय निकायको चुनावमा विजयी हुनभन्दा पहिले पनि विभिन्न क्लव मन्दिर तथा सामाजिक कार्यका सहयोग गर्दै स्थानीयहरुको मनमा बस्न सफल हालको बरेङ्ग गाउँपालिका वडा नं. ३, बाटाकाचौर बागलुङ्गका वडाध्यक्ष श्री शेरबहादुर खनालले वडाध्यक्ष पद समालेपछि पनि व्यक्तिगतरुपमा समाजसेवाका कार्यहरु गर्दै आएका छन् ।
पछिल्लो पटक स्वर्गीय आमा बसुन्धरा खनालको नाममा वडाभित्रै रहेको श्री बालबिकास आधारभुत विद्यालय खाल्लेमा रु ५१ हजारको अक्षय कोष स्थापना गरेका छन् ।
अक्षयकोषबाट वार्षिकरुपमा आउने व्याजबाट विद्यालयमा अध्ययन गर्ने जेहेन्दार गरिबका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा पोषाक सहयोग गर्ने लक्ष्य रहेको छ ।
वडाध्यक्ष खनालले अक्षय कोष स्थापनासँगै विद्यालयमा रहेको सरस्वतीको मन्दिरमा सरस्वतीमाताको मुर्ति समेत विद्यालयलाई हस्तान्त्रण गर्नु भएको छ ।