बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा दुर्बिन (ल्यापारोस्कोपिक) प्रविधिबाट पाठेघर (गर्भाशय) को सफल शल्यक्रिया गरिएको छ। यस प्रविधिमार्फत गरिएको शल्यक्रियाको नेतृत्व वरिष्ठ गाइनोकोलोजिस्ट डा. नविन तिरुवाले गर्नुभएको हो । उहाँको नेतृत्वमा अस्पतालको चिकित्सक टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै बिरामीको पाठेघर हटाउने जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
यो शल्यक्रिया बुटवल क्षेत्रमै पहिलोपटक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यो प्रविधिबाट बिरामीलाई थोरै चिरफार हुने, कम रक्तस्राव हुने र छिटो स्वास्थ्यलाभ हुने भएकाले यसले आधुनिक उपचार पद्धतिमा नयाँ मापदण्ड स्थापित गरेको छ । डा. तिरुवाले यो प्रविधिबाट लुम्बिनि सिटी अस्पतालमा निरन्तर शल्यक्रिया भैरहेको बताउदै शल्यक्रिया सफल हुनुमा सम्पूर्ण स्वास्थ्यकर्मी टोलीको समर्पण र प्रविधिको उचित प्रयोग मुख्य कारण भएको जनाउनुभयो । अस्पताल प्रशासनले भविष्यमा यस्ता अत्याधुनिक प्रविधिमार्फत अरू रोगहरूको पनि उपचार गरिने लक्ष्य राखेको जनाएको छ।