प्रधानमन्त्री केपी ओलीले सहकारी गठी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि चालकलाई छतबाट खसालेर हत्या गरेको आरोप लगाएका छन् ।
पत्रकार विजकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले उक्त प्रकरणमा दुई चार हजार मानिसको हुल उचालेर लामिछानेले उन्मुक्ति पाएको दाबी गरेका हुन् ।
१० वैशाख ०८० मा चितवन–२ मा भएको उपनिर्वाचन प्रचारको अन्तिम समयमा लामिछानेका निजी सवारी चालक दिलबहादुर थापा (शम्भु)को चितवनको भरतपुरमा लामिछानेले भाडामा लिएको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । ४ वैशाखमा छतबाट खसेका थापाको १९ वैशाखमा ललतिपुको नख्खुस्थित मेडिसिटी अस्पतालको छतबाट खसेर मृत्यु भएको थियो ।
‘यदि लहैलहैमा कुद्ने हो भने छतबाट मान्छे फ्याँक्दा पनि ठीकै छ नि त । ड्राइभर मरेको पनि ठीकै छ । किन भने हिरो–हिरोइनहरु कुदेर गएर पुलिसकहाँ हाहु गरेर धेराबन्दी गरेपछि पुलिसले छाड्नुपर्छ मुद्धासुद्धा लगाउनु हुँदैन’, लामिछानेतर्फ लक्षित गर्दै ओलीले भने, ‘यही कुरा चलाउने यस पक्षमा त म छँदैछैन । सडकले सबै कुरा निर्धारण गर्ने, दुई चार हजार मान्छे भेला गरेर दुई चार हजार मान्छेले भनेपपछि न्याय हेर्नु नपर्ने ? कानून हेर्नु नपर्ने ? कानूनी राज हेर्नु नपर्ने ? सबैलाई हेनुप¥यो ।’
उनले लामिछानेले सहकारी ठगी गरेकाले सरकारले नभई राज्यले पुर्पक्षका लागि थुनामा राखेको तर्क गरे । लामिछानेजस्तै सहकारी ठगी प्रकरणमा संलग्न सार्वजनिक लेखा समिति सभापति एमाले सांसद् ऋषिकेश पोखरेल पत्नीसहित अरुलाई उन्मुक्ति दिएको र लामिछानेमाथि प्रतिशोध साँधिएको भन्ने मनोविज्ञान समाजमा विकास भएकोबारे पाण्डेले ओलीलाई सोधेका थिए । ओलीको त्यसको कडा प्रतिवाद गरे । जसले जे गरेको छ त्यसको जिम्मा लिनुपर्ने भन्दै ओलीले आफू सरकारको नेतृत्वमा रहेका बेला आफ्नालाइ स्नेहभाव र अरुमाथि भैरवाभ राखेर नचल्ने दाबी गरे ।
‘किन एमालेको नाम भएकाले कसैले पोल्यो र त्यो झुठो थियो भने दोषी छुट्छ ? एउटा भ्रष्टाचारी र अर्को भ्रष्टाचार नगरेको मानिस सन्तुलन मिलाउन छोड्नुपर्ने ? एउटा निर्दोष र अर्को दोषी, फलानो किन छुट्यो ? फलानो किन छुटेन ? भन्ने त प्रश्नै भएन । टोपबहादुर रायमाझीलाई बेकारमा थुनामा राखिएको छ । उहाँ लामो समयदेखि राजनीति गरिरहेको मानिस । जसका पछाडि हुल छ त्यसको याद आउँछ । समाजले न्याय दिने भनेको ऊ करायो कि कराएन भनेर त होइन होला नि ? अनि टोपबहादुर रायझामाझीलाई चाहिं शेरबहादुर र केपी ओलीले भनेर थुनेको हो ? स्वतन्त्र न्यायालको व्यवस्था हामीले गरेका छौं । स्वतन्त्र न्यायालयले गरेका कतिपय काम मलाई चित्त बुझेको होला कति नबुझेको होला । रवि थुनिनुभन्दा अगाडि नै पनि वक्तव्य तयार गरेर राखिेको थियो नि त भिडियो तयार गरेर राखिएको थियो । त्यो किन गरिएको थियो भने स्टटण्ट बाजी गर्न । यसो गरियो भने समाउन सक्दैन । आज कसैलाई केही रिस उठ्ला अनि खाना बनाउँदा नुन बढी भयो, झुक्किएर दुईपल्ट नुन हालिएछ भने केपी ओलीलाई लागी गर्ने ? यसरी त कुनै कुरा विषसँग सम्बन्धितै हुँदैन ।’
उनले सहकारी ठगीमा लामिछाने मात्र नभई धेरै थुनिएका र अरुको बारेमा चर्चा नभएको बताए ।
रास्वपाले भ्रष्टचार, बेथिति, अनियमितता र ठगीविरुद्ध भनेर ‘बुरुकबुरुक’ उफ्रिने गरेको भए पनि सो दलका नेताहरु भ्रष्टाचार र ठगीमा संलग्न रहेको आरोप ओलीले लगाए । रास्वपाले आरोप मात्रै लागेका भरमा व्यक्तिमाथि भ्रष्टाचारी किटान गरेर संसद बन्द गरेको भन्दै ओलीले आपत्ति जनाए ।
‘यो देशले कपुतै मात्र जन्माउँछ त्यो त होइन । यो देशमा इमान्दार मान्छे पनि छन् । इमान्दारिताका साथ काम पनि गर्छन र । भन्ने एउटा गर्ने अर्कै पाखण्ड । भ्रष्टाचारको विरोध गरेजस्तो गर्दै गर्ने अर्कोतिर भ्रष्टाचारको धुमधाम मच्चाउने । एकातिर तस्करी गर्दै गर्ने अर्कातिर केही मान्छेलाई पुलिसले झुक्किएर पक्राउ गरिहाल्यो भने त्यसको श्रेय लिन बहुतै उफ्रिने खालको परिपाटीमा अहिले सरकार छैन । रवि लामिछानेलाई राज्यले थुनेको हो । राज्यका अंगहरु छन्, निकायहरु छन् । तिनले गरेका काम कार्यकारीले नै सबै जिम्मा लिँदैन । कसैप्रति असाधारण पुत्र स्नेह जागेर आउने, कसैप्रति दुश्मनी हुनुपर्ने होइन । जसले जस्तो काम गरेको छ त्यस्तै फल भोग्नुपर्छ । जसले बेठीक गरेको छ वा सबै कुरामा ‘फ्रड’ निस्केको छ भनेर थुनामा बसेर कारबाही भोग्नुपर्ने होला । पुर्पक्षका लागि पनि थुनामा बस्नुपर्ला । यो कोर्टले जान्ने करा हो’, लामिछानेबारे ओलीले भने ।
लामिछानेलाई आफूले चिनाएको भए पनि उनले आफूमाथि मुख छाडेको टिप्पणी ओलीको थियो । यस्तै उनले प्रचण्डसँग लडेर आफूले उपप्रधान तथा गृहमन्त्री बनाएको दाबी पनि ओलीले गरे ।
‘रविलाइ त नेपालमा चिनाएको टेलिभिजन प्रोग्रामार्फत चिनाएको मैले हो । अरु पल्ट पनि मैले महत्व दिएर चिनाएको हो । सरकार बन्दाखेरि मैले कोलिसनको अगुवाई गर्दाखेरि लिडरसिपमा त प्रचण्डजी हुनुहुन्थ्यो । त्यसबेला रविलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मानिस म हो । म त्यतापटि जान्न । त्यसको उहाँले के बुझ्नु भयो, के गर्नुभयो त्यता जान चाहन्न । तर त्यसभन्दा अगाडि उहाँले क गर्नुभयो उहाँको जवाफदेहिताको कुरा हो’, ओलीले भने । लामिछाने रिहा हुँदा आफूलाई कुनै घाना नपुग्ने जिकिर गर्दै उनले प्रतिशोध साँध्नुपर्ने कारण नरहेको उल्लेख गरे । ‘मामाथि मुख छाड्नुपर्ने कुनै कारण थियो ? ममाथि मुख छाड्दा मैले कुनै शब्द बोल्या पनि छैन । अरुमाथि पनि मुख छाडिएको थियो । कतै कसैलाई फलानामाथि कडा ढंगले हेर्नु यस्तो भनेको पनि छैन । म राज्य सञ्चालनमा छु । कुनै कुराबाट म दुस्प्रभावित हुन्न । कोर्टले छानबिन गर्ने कुरा हो । रविलार्इ छोड्दा मलाई कति घाटा हुन्छ ? मलाई के हुन्छ ? मेरो कुनै उद्योग बन्द हुन्छ ?’, ओलीले प्रतिप्रश्न गरे ।