बिदेशबाट फर्केका युवा घर नजिकै पुग्दा बे’पत्ता

बैदेशिक रोजगारको सिलसिलामा बिगत लामो समयदेखी भारतको पन्जाव राज्यको पेवा भन्ने ठाउँमा काम गर्दै आएका टिटु सुनार स–परिवार बागलुङ आफ्नो घर फर्किने सिलसिलामा गुल्मी जिल्लाको रुपाकोट भन्ने ठाउँबाट हराएका छन् ।
आजभन्दा झण्डै २ महिना पहिले २ छोरा छोरी र श्रीमतीसँगै पेवाबाट नेपाल फर्केका उनी गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका ढाडागैरा ससुरालीमा केही दिन बसेर घर फर्कने सिलसिलामा हराएका हुन । बागलुङ जिल्ला बरेङ गाउँ पालिका वडा नं. ३ बाटाकाचौर घर भएका उनी घर जान चढेको गाडी रुपाकोटमा टायर पन्चड भएपछि बनाउने समयमा दिशा गर्न जान्छु भनी निस्केको त्यसपछि नफर्केको यात्रामा सँगै सवार उनकी श्रीमतीले बताई ।
यत्रो लामो समय बितीसक्दा पनि कही कतैबाट खबर पाउन नसकेपछि टिटुका आमाबाबा आफ्नो छोरा अब यो संसारमा नरहेको निष्कर्षमा पुगेका छन् । घर पुग्न मात्रै १ घण्टाको बाटो बाँकी रहेको अवस्थामा हराएका उनको खोजिको लागि प्रशरी प्रसासन पनि लागेको छ ।
बेलाबखतमा हल्लाहरु आइरहन्छन् कैसैले हराएकै ठाउँ नजिक कंकाल भेटियो भन्छन् भने कसैले शव नै फेला प¥यो भनेर हल्ला गर्दा उनीहरुले गाउँलेहरुलाई गाडी बुक गरेर खोज्न जाँदा त्यस्तो केही नभेटेको हामीलाई सुनाए । उल्टै गाडीको ऋण तिर्न नसकेको तथा अदिया पालेको भैसी पनि बेच्न परेको अवस्थामा पीडित परिवार छ ।
पहिलेबाटै पीडित यो परिवारले जंगलको बीचमा रहेको घर २०७२ सालको भुकम्पमा भत्केपछि अहिले बसेको घरमा सरेको तर त्यो घर पनि अरुले छोडेर तराई झरेपछि खाली भएको अवस्थामा आफु बसेको बताए । डोका बुनेर परिवार चलाउँदै आएका टिटुका बाबाभन्छन् अब हाम्रो छोरा खोज्ने उपाए पनि छैन । सास त के होला र लाश मात्रै भेट्न पाए पनि हुन्थ्यो ।

उक्त परिवारसँग गरिएको कुराकानी यो भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation