छाेरा दिशापिसाबको दल’दलमा सुत्छन्, ७७ वर्षका बाबा गु–मुत साेर्छन् (भिडियाे सहित)

नवलपुर जिल्लाको देवचुली नगरपालीका गैडाचोकका कलीराम थनेत उमेरको हिसाबले अहिले ७७ वर्षका भए, उमेरले नेटो काट्नै लाग्दा उनले पाएको दुख कसैको लागि पनि ज्यान काँप्ने छ । १२ छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथि भने झै अहिले कलीरामले कुन जुनीको सुजायँ भोग्दै छन् उनी आफैलाई थाहा छैन ।
छोराछोरी हुर्किए अब त सुख पाइएला भन्ने स्वभाविक आशा त उनको थियो नै तर दीन बिग्रपछि बुढेसकालमा झनै हड्डी घो’ट्नु परेको छ । उनका २४ वर्षका छोरा बुद्धिराम थनेत पढ्दा पढ्दै अचानक बिरामी भए र खासमा गतिलो उपचार गर्न नसक्दा अहिले उनको पुरै मान’सिक अवस्था बि’ग्रीन पुगेको छ । घरमै एकातर्फ बारेर झण्डै थुनु’वाको रुपमा राख्नु परेको छ । उनी सुत्ने बिस्तारा भरी पुरै दिशा र पिसाबको दल’दल छ । सक्न त सक्दैनन् तर पनि ७७ वर्षका कलीरामले छोराको गु–मुत सोर्छन् । हामी पुग्दा त्यहाँ दुगन्त्रले बसी सक्नु थिएन । बानी परेरै होला कलीराम चु’पचाप सहेकै थिए ।
छोराको एका तर्फ यस्तो अवस्था छ भने उता आमाको पनि अवस्था उस्तै छ । धेरै वर्ष भयो उनको पनि दि’मागले काम गर्न छोडेको केही काम त गर्छिन तर होस हैन । २ छोरीको बिहे भैसको छ भने १ छोरी अहिले स्कुल पढ्दै छन् ।

अर्को छोरा बिदेश गएका गएको गयै भए फर्केका छैनन् । उनीको श्रीमती पनि माइतीतर्फ गएको धेरै भएको रहेछ उनी पनि फर्केकी छैनन् ।
दुख जति भए पनि हँसीलो मुहारमा देखिने कलीरामको दुख अथाह छ । राम्रो धन पैसा भएको भए आज श्रीमती र छोराको उपचार भैसकेको हुने थियो तर गरिबीको कारण उनीहरुको यो वि’वश जिन्दगी भोगी रहेका छन् ।

केही सहयोग गर्दै पत्रकार रेशम बोहोराले यो यो परिवारसँग गरेको दुखदायी भिडियो यहाँ हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation