बैदेशिक रोजगारको लागि एउटा मुख्य गन्तव्य देश हो मलेसिया । मलेसियाबाट धेरै नेपालीहरुले आफ्नो जीवनमा ठूलो परिर्वतन ल्याएका छन् भने केही नेपालीहरु नराम्रोसँग उसै फसेका पनि थुप्रै उदाहरणहरु छन् ।
साहुको ऋण परिवार र आफ्नै सुन्दर भविष्यको परिकल्पना गर्दै दुई पैसा कमाउनकै लागि देश छोडेर परदेश पस्नु धेरै नेपालीहरुको बाध्यता हो । प्राण प्यारी श्रीमती, मुटुका टुक्रा छोराछोरी, अनि हरेक धड्कनमा धड्कीने आमाबाबाको मायालाई मुटुभरी बोकेर परदेशीयका नेपालीहरुको दुखसुखका कथा त छन् नै तर केही यस्ता नेपाली दाजुभाइहरु पनि छन् जसले परदेशी भुमि टेकेपछि नेपाल भुल्छन्, आफ्ना आफन्त सबै सर्लक्कै बिसिन्छन् । कसै कसैलाई त कति नि’ष्ठुरी बनाउँछ यो परदेशी हावापानीले ।
गुल्मी पल्लीकोटमा नारायण वल्ली मगर तत्कालीन माओबादीको जनमुक्ति सेनामा थिए । शान्ति प्रक्रिया चलिरहेको बेला सानै उमेरमा लहै लहैमा लागेर नवलपरासीको क्याम्पसम्म पुगेकी बागलुङ्ग बरेङकी सम्झना केसीको लहै लहैमै माया बस्यो र बिहे पनि भयो नायाराय पल्लीसँग ।
बिहे भएपछि एउटा छोरा पनि जन्मे, नारायण यही परिवारको सुखको लागि दुई पैसा कमाउन मलेसिया गए । एकपटक फर्केर पनि आए र केही समय बसेर पुनः मलेसिया गए । सोही समयमा झरनाको पेटमा गर्भ पनि रहेको थियो नारायणको भने उनै छोरी अहिले ७ वर्षकी पुगि सकिन । ८ वर्ष बितिसक्दा पनि मलेसियामा गुमनाम भएर बसेका नारायण पल्ली नेपाल फर्केनन् मात्रै हैन । उनले मलेसियामै अर्को केटी लगायर झरनालाई पटक पटक अन्तै बिहे गरेर जान भनेर द’बाइ दिइरहे । झरनाका अनुसार तर पनि उनले मन बिगारिनन् । यो परियडमा धेरै संघर्षले बाँचिन र २ सन्तानलाई बचाइन उनले ।
‘
लामो समय वितिसक्दा पनि झरनाले श्रीमानको बाटो पर्खेर बसिरहेपछि उनका श्रीमानले भने त्यही केटीलाई प्रयोग गरेर काठमाडौंको कोही मान्छेलाई झरनालाई काठमाडौं बोलाएर अ’ल’प’त्र पार्न अथवा सि’ध्याउन भनेर १ लाख दिएको आफुले जानकारी पाएको झरना बताउँछिन् ।
यति सबै हुँदा पनि श्रीमानको माया मार्न नसकेको र उनी फकिन्छन् भन्ने अझै पनि झिनो आशा रहेको बताउने झरना र उनका दुई छोराछोरीको कथा सप्तरंगी ओझेलका खबरमा हेर्न सकिन्छ ।