घर छोडर गैहाल नत्र का’ट्छु भने, ड’र लाग्यो अनि निस्के, अलपत्र एक बाबाको आँशु खस्ने कथा

सायद त्यसै भनिएको हैन होला संसारी माया बिचित्र । एउटा मान्छेको जिन्दगी पुरा हुनको लागि उससँग कति अरु मान्छेको जिन्दगी जोडीनु आवश्यक छ । एउटा मान्छेको जिन्दगी आफु एक्लैमा पुर्ण हुन सक्दैन । जन्म होस या मृत्यु जीवनको प्रारम्भदेखि अन्त्यसम्म अथवा यो धर्तिमा ज्यूदो रहँदासम्म एक्लो जीवनको परिकल्पना मात्रै पनि नरिस खल्लो र एकाध उदाहरणहरुलाई विर्सने हो भने असंभव नै छ ।

हाम्रो समाजमा बिवहालाई जीवन साहाराको रुपमा लिइन्छ । बिवाहपछि जन्मीने छोराछोरी नाति पनातीहरुलाई बुढेस्कालका साहारा भनेर चिनिन्छ । यति भनेपछि धेरै कुरा बुझिसक्नु भएको होला तपाईहरुले पनि । जसको एक्लो जीवन छ उनीहरुको बाँकी जिवन त जसो तसो चल्छ तर बुढेस्कालमा धेरै गाह्रो छ । आफैले जन्माएका छोराछोरीले त बुढस्कालमा आमाबाबालाई आश्रमहरुमा राख्न थाले भने जसका कोही छैनन् । उनीहरुको के होला ? सोच्दा सम्झदा मात्रै पनि अप्ठ्यारो लाग्छ ।

यस्तै यस्तै कथा व्यथा भएका केही समय पहिलेसम्म नाताले आफन्त पर्नेको घरमा बसेका र अहिले घरन घाट जस्तै भएका ७१ वर्षका टिका पुरी बाबाको कथा सप्तरंगी ओझेलका खबरको आजको भागमा प्रस्तुत गर्न लागिएको छ ।
गुल्मी जिल्लाको बम्घामा जन्मेका टिका पुरी बाबाले बिहे गरेर भारतमा धेरै लामो समयसम्म बसे । त्यही उनका २ छोरा पनि जन्मेका थिए । तर उनकी श्रीमतीले दुवै छोरालाई लिएर अर्कैसँग बिहे गरेर गएपछि उनको जीवनको नयाँ र दुखदायी मोडको सुरुवात भयो । नेपाल फर्के गाउँमा बस्ने आधार थिएन । उनी आफन्तहरुसँगै तराइमा झरे । दाइ हुँदसम्म राम्रो भएपनि दाइको मृत्युपछि धेरै दुख पाएको उनी बताउँनछन् । २००७ सालमा जन्मेका टिका पुरीले २०७३ सालमा मात्रै नागरिकता बनाए र त्यो नागरिकता बनाउनलाई पछि धेरै गाह्रो भएको उनी बताउँछन् ।

बसिरहेको ठाउँमा पनि बस्न नसक्ने अवस्था भयो । भाउजुले घर छोडेर गैहाल नत्र का’ट्छु मा’र्छु भने पनि डरले त्यो घर छोडेर हिंडेका यी बाबालाई हामीले आज भेटेका छौं । मनमा पीर जति भए पनि मन खोलेर हाँस्ने टिका पुरी बाबाको कथासँग उहाँको उद्धारको लागि पहल गर्ने गरी कुरा कानी गरेका छौं ।

टिका पुरी बाबासँग रेशम बोहोराले गरेको कुराकानीको पुरा भिडियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation