बिदेशबाट फर्किदा घरमा झाडी पलायाे, बुढी र छोरी खै ?

जिन्दगीमा जसलाई धेरै विश्वास गरिन्छ नि उसैले घात गरेपछिको पीडा सहन निकै मुस्किल हुन्छ । अनि विश्वास र भरोसा पनि पराईलाई भन्दा धेरै आफन्त र आफ्नाहरुलाई नै गरिन्छ नि तर तिनै आफ्नाहरुले मुटुमा बसेर छुरा चलाएपछि के लाग्छ र ?
एउटा गीत छ नि पराइ त पराइ न हो रुवाउँछ मन आफन्तैले…… तर त्यसो भन्ने जान्दा जान्दै पनि जुनीभरीको लागि भनेर अग्नी साँछि राखि लगन गाँठो कसेर ल्याएकी श्रीमतीलाई अविश्वास गर्नु कसरी ? अनि अविश्वासले पनि त चल्दैन जिन्दगी ।
पर्वत जिल्ला बिहादी १ का धन बहादुर नेपालीको आधा जिन्दगी देश परदेशमा पसिना बगाएर २ पैसा कमाउँदैमा बितिसक्यो । सुरुमा कतार गए र नेपाल फर्के श्रीमती अनिताले घर नबस्नुस् बेलैमा २ पैसा कमाउनु भयो भने पछि सुख हुन्छ भनेर फकाएपछि माल्दीभ्स गए अनि भारतको चेन्नाइमा गए ।
पैसा पनि निकै मिहेनतले कमाउँदै थिए र कमाएको सबै पैसा श्रीमतीलाई दिन्थे । यतिसम्मकी उनको एउटा अम्मल छ खैनी खाने त्यही खनी खान पनि बुढीसँगै माग्थे पैसा आफुले राख्देन्थे । यही सिधासादा पनको फाइदा उठाउँदै उनकी श्रीमती अनिता एक दिन एका बिहानै ४ बजे छुटिएर बसेका ससुरालाई तालाचाँपी सुम्पेर ७ वर्षकी छोरी लिएर हिंडिन तर कहाँ गइन र कोसँग गइन भन्ने अझै खुलेको छैन ।
८ लाख बराबरको नगद र शरिरमा लगाएको सुनचाँदी सहित बे पत्ता श्रीमती र छोरीलाई खोज्दै बुटवलको बजारमा आएका दलबहादुरको आँशुमय मन छुने भिडियो आजको सप्तरंगी ओझेलका खबरमा छ । भिडियोमा हेर्नु होला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation