साइला बा ! जसको मायाकै कारण जीवनभरी बिहे गरेनन्

करीमले साइली छेउलाउँदै गको छ, जल्ले जेजे साइली भनेनी भको छ । घनश्याम वि.क.ले साइलीलाई सम्झेर त गाए तर उनकी साइली भने कोही भएनन जीवनमा । ५ भाइहरु मध्येका साइला भएकै कारण घनश्यामलाई अलि ठूलो उमेरहरुकाले साइला भन्छन् भने, सानो उमेरकाले साइला बा भनेर बोलाउँछन् । उनै साइला बाको एक्लो जिन्दगीको जीवन कथा सुन्न बागलुङ्ग जिल्लाको बाटाकाचौरसम्म पुगेका छौं ।

उमेरले अहिले ७० को हाराहारीमा पुगेका साइला बा यो घरमा एक्लै बस्छन् । गाउँघरमा परिआउने जस्तोसुकै काम पनि यो उमेरमा जोडकोतोडले गर्छन् । अहिले त अझै उमेर ढल्कीयो जवानी दिनमा उनी कस्ता थिएभन्ने गाउँमा अरुले अझै पनि कुरा गरिरहन्छन् । जवानीमा मीठो गीत गाउने साइला बा अझै पनि मौका मिले स्वर झिक्न सुरु गरिहाल्छन् ।

आमाबाले दुख पाउँछन् भनेर बिहे नै नगरेर बसेका साइला बा अहिले आफै दुख पाउँदा कता कता एक्लो जिन्दगीको खल्लो अनुभवले पछुतो लागेको बताउँछन् । साइलाबाको जीवन कथा सुख दुखसँगै रोचक पनि रहेछ त्यही कारणले पनि हामीले एक विशेष भिडियो बनाउने कोसिस गरेका छौं । बरु हजुरहरुले पुरै भिडियो हेरेर साथ दिनु होला है ।

साइलाबा हामी पुग्दा खलेनामा केही काम गर्दै रहेछन् । गाउँकै एकजना साथीले बोलाउँदा उनलाई लागेछ कसैले रक्सी माग्न आयो । हुनता साइला बाको एउटा आम्दानीको पाटो पनि रहेछ रक्सी बनाएर बेचेर दुइ पैसा आर्जन गर्ने तर हामी पुगेको कुराले उनलाई हल्का आश्चर्य पनि लागेछ । कीनकी काठमाडौंबाट उनलाई भेट्न को जाओस ? को छ र उनको काठमाडौं मा छन पनि ?

हामीलाई तिर्खा लागेको होला भनेर उनले पिउने पानीले स्वागत गरे ।

उनको जिर्ण भएको एउटा घर रहेछ खरले छाएको । हुनत वडाले अव टिन दिने कुरा पनि चलेको छ रे भन्ने साइलाबाको कासम्म पनि परेको रैछ तर कहिले फेरीएला छानो त्यो भने थाहा रैनछ । हामी पुगेर केही कुरा गर्न नपाउँदै साइला बाले आफ्ना दुख गीत मार्फत सुनाउन थाले ।

काममा धेरै व्यस्त भैरहने साइला बा एकैछिनपछि दाउरा लिन गए र लिएर पनि आइहाले ।

त्यो दिन गाउँमा पुजा रहेछ । पुजामा पनि जानु पर्ने भएकोले साइलाबाले हामीलाई सोधे जान मिल्लाकी नमिल्ला ? हामीले रोक्ने कुरै भएन बरु हामी पनि जान्छौं जान मिल्छ की मिल्दैन भनेर हामीले सोध्यो र मिल्ने भएपछि सँगै गयौं । साइला बा पन्चे बाजामा आफ्नै ढंगले मज्जाले नाचे ।

साँझ परेपछि सबै आ–आफ्नो घर गए भने साइला बा पनि घर फर्के अलिकति दाउरा काँधमा बोकेर घरभित्र छिरे । अचेल गाउँ भनेर हुँदैन धेरैजसोले खाना दाउरामा हैन ग्यासचुलोमा पकाउँछन् । अरुको देख्दा साइला बा लाई पनि त्यस्तै भैदिए हुन्थ्यो भन्ने त लाग्दो रैछ तर त्यस्तो किन्ने उपाए कहाँ छ र उनको ? अरुले भोला खाएर फालेको कभर जम्मा गरेर राख्दा रैछन उनले आगो बाल्नको लागि ।

गाउँमा केन्द्रीय लाइन आएको छ । गाउँ झिलिमिलि बल्छ रातमा पनि तर साइला बाको घरमा त्यो बत्ती बल्दैन उनी अझैसम्म पनि टुकी बत्ती मै निर्भर छन् ।

कुरा गर्दा गर्दै बिहानै पकाएको खाना तताए र खान थाले ।
हामी साइलाबासँग उनको जीवनसँगै जोडिएर कुरा गर्ने तयारीमा थियौं तर आज अलि थकाइ पनि लागेको ले भोली बिहान कुरा गरौंला भनेपछि हामी निस्कीयौं भने साइलाबा घर बाहिर रहेको पिंढीको खाटमा सुते ।

अर्को दिन बिहानै साइला बा नउठ्दै हामी आयौं । उठेर गाउँघरमा छोरी बुहारीले जस्तै घुरकसेर र दैलो पोत्न थाले । अब हाम्रो कुराकानी गर्ने तयारी हुँदै थियो तर साइलाबा त मल फाल्ने पर्मा लागेका रैछन् बिहानमा उनी डोको बोकेर हिंडे ।

एक्लै बस्ने एक्लो जिन्दगी भोगेका साइलाबासँग पर्मामा गएर फर्के पछि कुराकानी गर्ने हाम्रो बल्ल साइत जुर्यो ।

साइला बासँगको कुराकानी तलको भिडियोबाट हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation