घरभित्रै बुढीका हातखुट्टा बाँधेर रुँदै बस्छन् यी बृद्ध मनबहादुर

रुपन्देही जिल्ला तिलोत्तमा नगर पालिका वडा नं. ८ भुल्केमा रहेको एउटा सानो झुपडी घरको छानो मुनी दुई बुढाबुढी बस्छन् आमाको प्यारालाइसिस भएर एकहर मरिसकेको छ भने जालीवाला खाटमा सुतेर कष्टले बाँकी जिन्दगी घुचट्दै छन । बिरामी भएर लखतनान परेका आमाका श्रीमान मनबहादुर गुरुङ्गले कसरी गरेकाछन् होला बुढी र आफ्नै रेखदेख शब्दमा अभिव्यक्त गर्न समेत सकिदैन ।

 

डोरीले बाँधिएको हात र खुट्टाको भागमा गिडिएको र पुरै घाउ भएको अवस्था छ । नबाँधेको अवस्थामा एकहर चल्ने आमाले पुरै समान च्यात्ने हुँदा यस्तो गर्न परेको उनका श्रीमान मनबहादुर गुरुङ्ग बताउँछन् ।

 

अहिले तिर्खा लाग्दा पानी दिने पनि कोही छैनन् एउटा छोरा थिए तर आमा बिरामी भएपछि घर छोडर निस्केका मेरे ज्यूँदा थाह छैन । ज्यूदो भए त आउँथ्यो होला सायद उ छैन होला भन्दै मनबहादुर गुरुङ्ग बा धरर रुँदा मन आफै भत्केर आउँछ ।

 

बुढीको स्याहार सुसार गर्दा गर्दै मनबहादुर बा आफै बिरामी भैसकेका छन तर उनको उपचारको बारेमा केही हुन सकेको छैन ।

 

देख्दै आँशु खस्ने अवस्थाको यी आमाबाबालाई झण्डै १ लाख बराबरको नगद तथा आवश्यक सामान सहित सप्तरंगी संसारका रेशम बोहोरा लगाएतको टिमले सहयोग गरेको छ । सहयोगीहरुको विवरण सहित यो परिवारको कथाको भिडियो सप्तरंगी संसारमा छ ।

भिडियो यहाँबाट हेर्नुहोस् ।

भनिन्छनी बाँचुनजेरी तेरो र मेरो मरेपछि ढुङ्गैको चौघेरो, मरेर जाँदा कसैले केही लाँदैन कात्रोमा गोजी हुँदैन, सकेसम्म यी आमाबाबालाई सहयोग गरौं है ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation