भि,रबाट ल,डेर मृ, त्यु भएको भनिएका युवकको ह,त्या आ,रोपमा २ जना प,क्राउ!

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको ह, त्या आ,रोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई प,क्राउ गरेको हो ।

 

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए ।

 

किटानी जाहेरीपछि जिल्ला अ,दालतबाट अनुमति मागेर उनीहरूको नाममा प,क्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घ,टनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फ,रार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट ल,डेर ग,म्भीर घा,इते भएका बताइएको थियो ।

घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृ, त्यु भएको थियो । ल,डेको भनिएको ठाउँमा त्यस्तो भि,र नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको ह,त्या भएको मृ,तकका बुबा भाटको दा,बी रहेको छ ।

प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प,क्राउ परेकामथि र घ,टनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation