गाउँघर मा भेटिना छाडे ढिकीजांताे हरू गाँउघरका बाल बच्चाहरुलाई पनि यो ढिकीजाँतो भन्दा कथा जस्तो मान्न थालेका छन् ।

विहानी भालेको डाँकसँगै महिलाहरुले घरघरमा कुटानी र पिसानीको लागि ढिकीच्याउ ढिकी च्याउ गर्दै प्रयोग गर्ने ढिकी अहिले लोप जस्तै भएको छ। ढिकी मात्र होइन् दाल, मकै, गंहु कोदो पिन्न प्रयोग हुने जाँतो पनि लोप भएको छ।
दशै तिहार जस्ता चाडपर्व नजिकिएपछि ढिकीमा चिउरा कुट्नुले पनि चाडपर्व आएको संकेत गर्दथ्यो। हाम्रो परम्परागत मौलिक संस्कृतिसँग जोडिएका ढिकी जाँतो अहिले सहरमा मात्र नभएर गाउँघरमा समेत देख्न पाइन छाडेको छ।

 

बढ्दो आधुनिकिरणसँगै गाउँगाउँमा मिल आउनु र सानोतिनो कामका लागि घरमै रहेको मिक्चरबाट पनि चामल, गाहुँ, कोदोलाई पिठो बनाउन सकिने भएकोले पनि यसको विस्तारै प्रयोग घट्दै गएको कतिपय बताउँदछन् । गाँउ–गाँउका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो समय लोप हुँदै गएको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेका हुन् । देवचुली नगरपालिका ९ का ६६ वर्षीय नरबहादुर परियारले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताए ।

 

नरबहादुर परियारले ढिकीमा कुटेको धानको चामल, साबा, काउने साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिडो, फाँपरको रोटी लगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवालाई खुवाएर जीवन धान्दै आए ।उनलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा संर्घर्ष गरिरहेका ती दिनहरु एकादेशको कथा जस्तै लाग्ने गरेको छ । नयाँ पुस्ता आएसँगै आधुनिक मिल आएपछि ढिकीजाँतो हराउँदै गएको परियारले बताए । उनको पालामा ढिकीजाँतो नभएको घर नै हुदैन् थियो ।

 

पहिलाको जसरी जोस जाँगर पनि उमेरसंगै घटेपछि ढिकीजाँतो गर्न असम्भव हुन् थाल्यो । युवापुस्ताले ढिकीजाँतो बेवमस्ता गर्न थालेपछि गाँउघरबाट लोप हुन पुगेको परियारको बनाइ रहेको छ
।पछिल्लो समय ति साधनहरु हराउन थाले पछि गाँउघरका बाल बच्चाहरुलाई पनि यो ढिकीजाँतो भन्दा कथा जस्तो मान्न थालेका छन् ।

 

गाँउघरका सबैले आधुनिक मिलमै धान, चामल कुट्ने/पिस्ने गर्न थाले पछि उनले पनि विगत केहि महिना यता ढिकी उखलेर राखे। तत्कालीन समयमा उनीमात्र होइन उनीजस्र्तै वृद्घवृद्घले समेत बिहान भाले बास्नेसाथ ढिकीजाँतो गर्न छाडेको बताए । उनले भने ढिकीमा कुट्टेको जस्तो स्वादिष्ट मिलमा कुट्टेको नहुदो रहेछ खानेकुराहरु।

 

बुहारीचेलीले ढिकीजाँतो चलाएको आवाज, झिसमिसेमा भाले भाले बासेको आवाज, जङ्गलमा चराचुङ्गि कराएको आवाज त्यस्तो मौलिकता हराईसकेको रानाले बताइन् । उनले भनिन् गाँउमा धान कुट्ने मेसिन आयो, सबै खुसी बस्न थाले ।
सुविधा सम्पन्न समाज, बढ्दो आधुनिकीकरण, युवा पुस्ताको मौलिक कला संस्कृतिको संरक्षण प्रतिको चासो कम हुनु आदि कारणले अहिले ढिकी जाँतो लोप हुँदै गएको छ । यसलाई जोगाउनु अहिलेको आवश्यकता हो।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation