गाउँपालिका अध्यक्ष बनिन् २२ वर्षीया राज्यलक्ष्मी!

जुम्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको छ । बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न हमाललाई मंगलबार एक दिनका लागि अध्यक्ष बनाइएको हो ।

 

लिड एण्ड डिसाइड परियोजना अन्तर्गत हिंसा न्यूनीकरण गर्न र बालिका सबै बराबरी भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको थियो । किशोरीमाथि हुने दु,व्र्यवहारको जो,खिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने हमालको भनाइ छ ।

 

गाउँपालिका अध्यक्षको जिम्मेवारी पाएपछि हमालले भन्नुभयो, ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बालबालिका तथा किशोर–किशोरीको इन्टरनेटमा पहुँच र अनलाइन माध्यमबाट हुन सक्ने दु,व्र्यवहारको रोकथाम गर्न प्रतिबद्ध गरेकी छु ।

पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ, आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लालगायत संघ–संस्थासँग सहकार्य गरी बालिका सबै बराबरी हुन भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको जनाएको छ ।

 

गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थान दिएमा युवालाई उर्जा दिने र भविष्यमा काम गर्ने प्रेरणा मिल्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation