भ्रष्टाचार गर्न पाउनुपर्ने जसपाको माग, अख्तियारले छापा हानेकोमा कडा विरोध !

काठमाडौं । जनता समाजवादी पा,र्टी, नेपालले अ,ख्तियार दु,रुपयोग अनुसन्धान आयोगले प्र,देश २ को मु,ख्यमन्त्री तथा म,न्त्रिपरिषद् कार्यालयमा छापा हानेको आपत्ति जनाएको छ ।

भ्रष्टाचार नै प्रश्रय हुनेगरी जसपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा अख्तियारले छापा हान्दा संघीय लोकतान्त्रिक ग,णतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने तर्क गरिएको छ

प्र,देशको सर्वोच्च निकाय मु,ख्यमन्त्रीलाई भ्र,ष्टाचार गर्न दिनुपर्ने, कुनै छापा हान्न नपाइने आशयको सन्देश जसपाले दिएको छ ।

हालै अख्तियारले प्रदेश नं. २ मा जनताबाट नि,र्वाचित मु,ख्यमन्त्रीको कार्यालयमा “बेटी पढाउ, बेटी बचाउ” जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुऱ्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको छ ।

जसपा, नेपाल सधै अनियमित्तता, भ्रष्टाचार, कमिशनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको बिरूद्ध सुशासन र सदाचारको पक्षमा रहेको कुरा सर्वविदितै छ । राज्यको सम्पूर्ण तह र निकायहरूमा हुने गरेका अनियमित्तता र भ्र,ष्टाचारलाई नियन्त्रण गरिनु पर्दछ । अ,ख्तियार दु,रूपयोग अनुसन्धान आयोगले भ्र,ष्टाचार बिरूद्ध अनुसन्धान गर्न पाउने हो तर अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवम् राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो ।

यस्ता कार्यले संघीय लोकतान्त्रिक ग,णतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरूमा नैराश्यता र हिनतावोध हने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरूमा प्रतिकूल असर पर्ने हँदा अ,ख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जनता समाजवादी पार्टी, नेपाल घोर बिरोध, भर्त्सना र आपति प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation