यी पूर्वमन्त्रीको नाममा १४औं महाधिवेशनको पहिलो जिल्ला सभापतिको कीर्तिमान, जिल्लाभर खुसीयाली !

काठमाडौं – सत्तारुढ दल नेपाली कां,ग्रेसको १४औं महाधिवेशन अन्तर्गत पार्टीले पहिलो जिल्ला सभापतिको रूपमा रोमी गौचन थकालीलाई पाएको छ ।

१४औं महाधिवेशनमा पहिलो जिल्ला सभापति हुने की,र्तिमान थकालीको नाममा लेखिएको छ ।

मुस्ताङ कां,ग्रेसको जिल्ला सभापतिमा थकाली सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् । शनिवार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चुनेको छ ।

थकाली सर्वसम्मत निर्वाचित भएपछि जिल्लाभर खुसीयाली छाएको छ । थकालीको विपक्षमा कसैले पनि उम्मेदवारी दिएनन् ।

 

कां,ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले मुस्ताङको जिल्ला अधिवेशनबाट पूर्व मन्त्री गौचन सर्वसम्मत सभापति चुनिएका जानकारी दिए । उनले भने, ‘१४औं महाधिवेशन अन्तर्गत उहाँ नै पहिलो जिल्ला सभापति बन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation